विराटनगर– विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालय नजिक बम विस्फोट भएको छ । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा साँझ बम विष्फोट भएको हो । यो कार्यलय राख्न नेपाल सरकारको अनुमति थिएन ।आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए । मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ। यो दूतावास कार्यलय हटाउने विषयमा नेपाल सरकारले गरेको आग्रह भारतले अस्वीकार गर्दै आएको थियो ।