वीरगंज, २२ असार ÷ विधुत मर्मत गर्ने क्रममा आज दिउँसो नेपाल विद्युत प्राधिकरण मर्मत शाखाका एकजना प्राविधिकको मृत्यु भएको समाचार छ । चोर्नी गाविसमा रहेको विधुतको तार मर्मत गर्ने क्रममा नेपाल विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्र अन्तर्गत मर्मत शाखामा कार्यरत प्राविधिक रामचन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मर्मतका क्रममा शरीरमा विधुत प्रवाह हुँदा श्रेष्ठ गम्भीर घाइते भएका र उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएकोमा उनको मृत्यु भएको हो । मर्मतको क्रममा विद्युत लाइन काटिएको तर सो आसपासमा रहेका कुनै कारखानाले जेनरेटर संचालन गरेपछि सोको विद्युत प्रवाह भएर श्रेष्ठ घाइते भएको बताइएको छ । घटना सम्बन्धमा प्रहरी र प्राधिकरणले अनुसंधान गरीरहेको बताइएको छ ।