वीरगञ्ज, १२ जेठ ।पर्साको निर्मलवस्तीमा रहेको विजयवस्ती विकास मन्चले सिन्धुपाल्चोकका भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ ।

निर्मलवस्ती गाविसको वडा नम्बर ५, ६, ७, ८ र ९ बाट संकलन गरिएको राहत सामाग्री सिन्धुपाल्चोकमा वितरण गरिएको हो । भूकम्प प्रभावित प्रत्येक घरधुरीलाई ३० केजी चामल वितरण गरिएको पर्सा सिन्धुपाल्चोक सम्पर्क मञ्चका अध्यक्ष अम्बर निर्दोषले बताए ।

मञ्चले संकलन गरेको एक सय ३६ क्वीन्टल चामल, आलु दुई क्वीन्टल र खाने तेल तीन कार्टुन सिन्धुपाल्चोक जिल्लाको पाङताङ गाविसमा मङ्गलबार वितरण गरेको थियो ।

राहत वितरण गर्न विजयवस्ती विकास मन्चका अध्यक्ष सन्तोष श्रेष्ठ, निवर्तमान गाविस अध्यक्ष लाल बहादुर श्रेष्ठ , समाजसेवी राम बहादुर श्रेष्ठ , केशर बहादुर श्रेष्ठ लगायत सहभागी भएका थिए ।