वीरगंज २३ साउन । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले दुई खेलाडीलाई आईटीएफ वर्ष खेलाडी २०७३ अवार्डबाट सम्मान गरेको छ । पुरुषमा त्रिभूवन आर्मी क्लबका पूर्णबहादुर मगर तथा महिलामा भक्तपुरकी सोनी खड्कालाई नगदसहित वर्ष खेलाडी अवार्डबाट सम्मान गरिएको हो । दुवैले गतवर्ष सातौं राष्ट्रिय खेलकुद र महासंघले आयोजना गरेको दुई राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए ।