वीरगंज अषाढ १८

दुई दिनदेखि परिरहेको वर्षका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाँउहरु बाढीको जोखिममा परेका छन ।लगातारको वर्षाका कारण कारण रौतहको पूर्वपट्टी रहेको वाग्मती र पश्चिममा रहेको लाल बकैया नदीको जलस्तर निकै वृद्धि भएको छ ।चुरे तथा पहाडी क्षेत्रमा भएको अविरल वर्षाले गर्दा बाग्मती र लाल बकैया नदीमा जलस्तरमा बृद्धि भएपछि सम्भावित बाढी र त्यसबाट हुने खतराबाट रौतहटबासी त्रसित बनेको छन् ।लाल बकैया नदीमा बाढी आएपछि बौधीमाई नगरपालिका(२ इनर्वाको बाधमा क्षति पुगेको छ । बकैया नदीले इनर्वामा रहेको बाधमा १५ फिट कटान गरेको छ । सो बाधको चौडाइको १ मिटर भाग मात्र भत्कीन बाँकी भएपछि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीयलाई सुरक्षित स्थानमा जान अपील गरेका छन ।गत वर्षको बाढीमा भत्किएको बाँधलाई जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयबाट २०० मिटर कच्चीरुपमा मर्मत गरिएको थियो ।वर्षा शुरु हुने अन्तिम समयमा बाँध मरम्तको काम अगाडि बढेको थियो । सोमबार विहान आएको बाढीको भेलले मर्मत गरिएको बाधको एक स्थानमा १५ फिट कटान गरेको छ ।  बाँध भत्किको खण्डमा हुने सम्भावित क्षतीलाई ध्यानमा राख्दै नदी किनारका बस्तीका स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्न लागिएको उनले बताए ।बाँध कटान भएको खबर पाउना साथ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितको जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीका टोली उक्त स्थानमा पुगेको छ ।स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य लागि बन्दोबस्त मिलाउने कार्य भइरहेको तथा सुरक्षाकर्मीहरुलाई समेत सो क्षेत्रमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।बाँध भत्किएमा इनर्वा, इनरवारी, पिपरिया, कोपवा, बसन्तपटी, अजगैवी लगायत स्थानका हजारौ घर परिवारहरु प्रभावित हुने खतरा रहेको छ ।उच्च जोखिममा रहेको यस भेगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई डुंगासहितको टोली त्यसतर्फ परिचालन गरिसकेको जानकारी दिदै प्रजिअ रिजालले खोलामा पानी अलि कम भएमा बाँसको पाइलिंग गरेर जालीमा माटोबोरा हालेर कटान कार्यलाई नियन्त्रण गर्ने बताए ।अहिलेसम्म २५ हजार बोरा पठाइसकेको अझै ५० हजार गौरबाट त्यस तर्फ पठाउने कार्य भइरहेको समेत उनले भने ।रौतहटको वागमती नदीमा पनि जलस्तर निकै बढेर गएकोले खोला किनारका बासिन्दाहरुलाई सतर्क भएर बस्न जिल्ला प्रशासन कार्यालय रौतहटले अपील गरेको छ ।