वीरगंज जेष्ठ २५

वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली बिर्तामा छात्रवृति बितरण गरिएको छ । वीरगंजका मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा अध्ययनरत १६ दलित र एक सय ४९ छात्रा सहित कुल १६५ जनालाई  ६६ हजार ६सय रकम छात्रवृति बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक वृजेन्द्र ठाकुरले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवनारायण मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा  वडा अध्यक्ष शम्भु मिश्रा, वीरगंज महानगरपालिका वरिष्ठ अधिकृत सुमन  श्रेष्ठ, बिद्यालयका शिक्षक  अशोक साह, शैलेन्द्र जोशी लगायतको सहभागिता रहेको थियो ।