वीरगंज २४ वैशाख । लोडसेडिङ्गको तालिका भन्दा पनि बढी विद्युत कटौती भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ पर्साले आज विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा २ घण्टा धर्ना सहित ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि गत वैशाख ६ गते सोहि विषयमा नेपाली कांगे्रसले ज्ञापन पत्र बुझाएको थियो । नेपाली कांग्रेस पर्सा क्ष्ँेत्र नम्बर १ का सभापति विजय सर्राफको नेतृत्वमा गएको टोलिले विद्युत प्राधिकरण वीरगंजका प्रमुख चुटुन कुमार श्रीवास्तव लाई भेटेर नेपाली कांग्रेसले बुझाएको ज्ञापन पत्रको कार्यान्वयन नभएको भन्दै कडा आन्दोलनमा उत्रने चेतावनी सहित ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा अनधिकृत रुपमा लाईन काट्ने प्राधिकरणको गैर जिम्मेवारपूर्ण रवैया तत्काल अन्त्य नभए नगरवासी तथा जिल्ला वासीलाई साथमा लिएर नेपाली कांग्रेस प्राधिकरण विरुद्ध कडा आन्दोलनमा उत्र्ने चेतावनी कांग्रेसले दिएको छ । ध्यानाकर्षण पत्रमा प्राधिकरणले गर्मिको समयमा विद्युतको विल महसुल बुझाउन दिनभर घाममा उपभोक्ताहरुलाई लाइनमा बस्न बाध्य बनाउने गरेकोमा यथाशिघ्र घण्टाघर, आदर्शनगर, माइस्थान लगायतका क्ष्ँेत्रहरुमा छुट्टै महसुल काउन्टर स्थापना गर्न माग समेत गरिएको छ । साथै प्राधिकरण वीरगंज वितरण केन्द्रमा प्रयोग भइरहेको ग्राहक सम्पर्क फोनहरु नउठ्ने, ब्यस्त रहने समस्या रहेकोले थप अन्य फोन नम्बरहरु विस्तार गरि प्रभावकारी ढंगले कार्यान्वयन गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझाउन जाने टोलिमा नेविसंघका केन्द्रिय सदस्यद्वय इम्तीयाज आलम, बैकुण्ठ श्रीवास्तव, नेपाली कांग्रेसका नगर सभापति भोला साह कलवार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, पत्रकार महासंघका पर्साका सभापति श्याम बञ्जारा, पुर्व सभापति अशोक तिवारी, सहसचिव शेखर छतकुली, महिला नेतृ गीता श्रेष्ठ, विद्या श्रेष्ठ, महाधिवेशन प्रतिनिधी प्रेम चन्द दुवे लगायतको उपस्थिती रहेको थियो ।