नेपाली कांग्रेसका नेता तथा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुँगटाले नेपाली काँग्रेसले कहिल्यै पनि लोकतन्त्रको हरण हुन नदिने धारणा राख्नुभएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि हिजो नेपाली कांग्रेसको झण्डा हटाइएको र चोरी भएको बताउनु हुँदै आज झण्डा चोर्नेहरुले भोली जिते भने मानिसलाई चोरी गर्न समेत पछि नपर्ने भएकोले लोकतन्त्रको चीर हरण हुन बाट रोक्न पनि आफुहरुले जित्नु पर्ने धारणा राख्नुभयो । उहाँले आफुहरु लोकतन्त्रवादी भएकोले सबैलाई यसको पालना गर्न आग्रह गरिएको बताउनुभयो । नेपाली काँग्रैसका नेता तथा अध्यक्ष द्धिबेदीले आफुहरुले सहन सक्ने जति सहने तर धैयर्ताको बाँध टुट्यो भने कोही पनि बाँकी नरहने चेतावनी दिनुहँदै झण्डा च्यात्नेहरुलाई चेतावनी दिनुभयो । प्रेस युनियनका अध्यक्ष रामनाराण कुर्मीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रदेश सभाका उम्मेदवार बिजय सर्राफले पनि बोल्नुभएको थियो ।