वीरगंज, मंसिर, २८
लेखनदास र सेवाग्राहीले आज मालपोत कार्यालय पर्साको कामकाज ठप्प पारेका छन । अनलाईन सेवा मार्फतको कामकाजमा ढिलाई भएको तथा सेवाग्राहीको चाप अनुसार कर्र्मचारी नभएकोेले सेवाग्राहीहरु आक्रोशित भएर कामकाज ठप्प पारेका हुन । टाढाबाट आएका सेवाग्राही समयमा काम सम्पन्न नहुदा थप मर्कामा पर्ने गरेको र एक घण्टाको काममा पनि एक दिने लाग्ने गरेको सेवा ग्राहीले गुनासो गरेका छन । यता कार्यालय प्रमुख हरीनरायण मिश्रले बिस्तारै समस्या समाधान हुने बताउनुभयो । सेवाग्राहीको चाप अनुसार जनशक्ति नभएकोले समय लाग्ने गरेको बताउदै थप जनशक्तिको लागि माथिल्लो निकायमा पहल गर्ने जानकारी दिनुभयो ।