वीरगंज, २९ मंसीर ।लायन्स क्लव अफ वीरगंज डायमण्डको आयोजनामा पावरहाउस स्थित गुरुकुल एकेडमीमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरियो ।

सो कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले प्रमुख अतिथिको आसनबाट मन्तव्यका क्रममा भने, “लायन्स क्लवले समाजसेवामा गर्दै आएको योगदान अति प्रसंशनीय रहेको छ, यसै क्रममा लायन्स क्लवको आयोजनामा गरिने विभिन्न आँखा परीक्षण शिविरबाट फेला पर्ने मोतिया बिन्दुका विरामीहरूको अप्रेशनको लागि मैले सक्दो सहयोग गर्नेछु ।”

त्यसैगरी लायन्स क्लवका एम्बेसडर अफ गभर्नर उमेश साह कानुले लायन्स क्लव विशुद्ध सेवाको लागि स्थापित संस्था भएकोले जनता र समाजको हरेक सुख दुःखमा सेवा गर्न साथ रहिरहने प्रतिबद्धता जनाए । वहाँले लायन्स क्लव स्थापना भएको १०० वर्ष भएपनि यसले वर्षौंदेखि हेलेन केलरले लायन्स क्लवलाई “दृष्टिविहीनहरुलाई उज्यालो देखाउने अभियान” थालेका थिए त्यसैको निरंतरताको लागि वीरगंजमा लायन्स क्लव स्थापनाको सुरुवातसँगै वीरगंजको लायन्स क्लवहरुले गर्दै आएको छ, व्रिद्धहरूमा आँखाको समस्या नभएर बलबालिकामा पनि आँखाको समस्या देखिने क्रम बढ्दै गएकोले त्यसलाई पनि लायन्स क्लवले विभिन्न विद्यालयहरुमा आँखा परीक्षण शिविर राखी शुरुवातमैं आँखा सम्बन्धी विरामिहरु पत्ता लगाई निराकरण गर्ने अभियानमा लागि परेको बताए ।

गुरुकुल एकेडमीमा करीब चार सय विद्यार्थी हरूको आँखा परीक्षण गरिएको सो कार्यक्रममा केडिया आँखा अस्पतालका डाक्टरहरुले परीक्षण गरेका थिए ।

लायन्स क्लव डायमण्डका अध्यक्ष सन्तोष पटवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा देवकीनंदन अग्रवाल, पवन भगड़िया, राजू तुलस्यान, प्रजय हरलालका, राजेश अग्रवाल, नवीन साहलगायतका लायन सदस्यहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन गुरुकुल ऐकेडमी की प्रिन्सिपल पल्लवी हरलालकाले गर्नु भएको थियो ।