वीरगंज / कार्तिक २३ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भविष्यको लागी शान्ति भन्ने मुल नाराका साथ दिल्ली पब्लिक स्कुल वीरगंजमा आयोजित प्रतियोगितामा स्कुलका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बंशीका जलान प्रथम, सुहानी श्रीवास्तव दोश्रो, तेहरीम ताबिज तेश्रो र रुद्रानी आनन्द चौथो भएका थिए । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि जीवन ज्योति उच्च माविका प्रिन्सिपल शिवजी गुप्ता, विशिष्ट अतिथि दिल्ली पब्लिक स्कुलका प्रिन्सीपल डा. जि.एस. चौधरी, लायन्स क्लबकी एम्बेसेडर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, जोन चेयर पर्सन लायन रेखा वैद्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, विद्यालयका भाईस प्रिन्सिपल रन्जिव आनन्द, प्रतियोगिताका निर्णायक धनन्जय मिश्र, समाजसेवी एवं वातावरणविद जसपाल सिंह, क्लबकी सदस्यहरु अर्चना वर्णवाल, सोनल चौधरी, अनामिका पुजारी, कुमकुम टिबडेवाल, सपना मित्तल अग्रवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबकी सचिव लायन मौसम भंगरले गर्नुभएको थियो भने स्वागत मन्तब्य क्लबकी सदस्य लायन आश्मा सिंह यादवले व्यक्त गर्नु भएको थियो । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई निर्णायक र अतिथिहरुद्वारा पुरस्कार समेत वितरण गरिएको थियो ।