वीरगंज कार्तिक २८ लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई भव्य रुपमा सम्मान गरेको छ । विगत लामो समयदेखि लायन्स क्लबमा आवद्ध भइ जनप्रतिनिधीमा विजयी भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख लायन विजय सरावगी, जितपुर सिमरा उपमहागनरपालिकाका प्रमुख लायन डा.कृष्ण पौडेल र पोखरीया नगरपालिकाका उपप्रमुख लायन सल्मा खातुनलाई सम्मान गरिएको हो। लायन्स क्लबका एरिया चिफ लायन देव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका पुर्व अन्तराष्ट्रिय डाइरेक्टर लायन संजय खेतान पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह लगायतका विशिष्ठ अतिथिहरुले नवनिर्वाचित प्रमुख, उपप्रमुखहरुलाई सम्मान गर्नुभएको लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका उपाध्यक्ष विजय कुशवाहाले बताउनुभयो । कार्यक्रममा संघिय इकाई प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरिक्षक सुर्यनाथ उपाध्याय, पर्साका प्रहरी उपरिक्षक गणेश रेग्मी, लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवाल, पुर्व डिष्ट्रिक गभर्नरहरु आर.पी. खेतान, चिरञ्जिवी लाल सरावगी, लायन्स क्लबका एम्बेस्डर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, लायन उमेश साह कानु, समाजसेवी पशुपती विक्रम शाह, लायन्स क्लबका वरिष्ठ सल्लाहकार डि.एन. अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लायन्स क्लबका रिजन चेयर पर्सन लायन प्रजय हरलालका लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन लायन्स क्लबका जोन चेयर पर्सन लायन वासु तिमिल्सिना र धन्यवाद ज्ञापन रिजन चेयर पर्सन लायन राघव आचार्यले गर्नुभएको थियो ।