वीरगंज चैत्र १९
स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तरगत लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज वीरगंज भंसार क्षेत्रमा रहेको केडिया डेन्टल कलेजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका लायन विजय कुशवाहाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन् ।

जिल्ला वन कार्यालय पर्साको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवालले विरुवा रोपेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा राजवृक्ष, गोल्डमोहर, निम, कल्की फुल लगायत एक सय विरुवा रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन वासुदेव तिमिल्सिना, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लायन्स क्लबका रिजन चेयरपर्सन उमेश साह कानु, ल्यान्स क्लबका वरिष्ठ सल्लाहाकार डि.एन. अग्रवाल, जिल्ला सल्लाहकार रामहरी पाण्डे, एरिया सहसंयोजक देव चौधरी, जोन चेयरपर्सन राघव आर्चाय, समाजसेवी राजेश तिवारी, केडिया डेन्टल कलेजका कार्यकारी प्रमुख विनोद गुप्ता, ल्यान्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष विनय बंशल, वीरगंज ग्रिन क्याम्पसका उपाध्यक्ष रिकेश गुप्ता, स्माइलका अध्यक्ष आमिन आलम लगायतका व्यक्तित्वहरुका साथै कलेजका विधार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच लायन्स क्लब अफ वीरगंज आदर्शनगरले आज घडीअर्वा पोखरी परिसरमा निःशुल्क मधुमेह चेकजाँच शिविरको आयोजना गरेको छ । शिविरमा दुई सय ५० जनाको रगत जाँच गरिएको ल्यान्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष विनय बंशलले जानकारी दिनुभयो । यसैगरी लायन्स क्लब अफ वीरगंज मिलेनियम (एमजेएफ) ले आज सुखचैना गाविसका अति विपन्न परिवारहरुलाई उनीहरुको जीवनस्तर उकास्न ५ थान बाख्रा वितरण गरिएको ल्यान्स क्लबका वरिष्ठ सल्लाहाकार डि.एन. अग्रवालले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा वितरण गरिएका बाख्राहरुको स्याहार सुसारका बारेमा लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष वासुदेव तिमिल्सिनाले प्रकाश पारेका थिए ।