बीरगंज, १७ असार ÷ लायन्स वर्ष २०१५–२०१६ को शुभारम्भलाई निरन्तरता दिंदै लायन्स क्लव वीरगंज कपलले जिल्ला बाल कल्याण गृहका बालबालिकालाई खाद्य सामग्री तथा टिसर्ट प्रदान गरेको छ ।

             क्लवका जोन चेयर पर्सन उमेश साह कानुले बालकल्याण गृहका २० जना अनाथ बालबालिकालाई टिसर्ट २०, चामल एक बोरा, बिस्कुट एक सय प्याकेट, भुजिया एकसय प्याकेट, नुन एक बोरा, सलाई ४० पिस, शिशा कलम एकसय २० थान, जुस, वाशिङ पाउडर २० पाकेटलगायतका सामग्रीहरू प्रदान गरेका बताउनु भयो । कार्यक्रममा लायन्सका चिफ साइड फस्र्ट को–अर्डिनेटर डिएन अग्रवाल, चिफ एरिया को अर्डिनेटर बिजय गुप्ता, जोन चेयर पर्सन उमेश साह कानु, जोन चेयर पर्सन गणेश बगाडीया, वीरेन्द्र मुन्द्रा, ताराचन्द शर्मा, प्रतिभा बगडिया, पुनम मुन्द्रा, सुनिता शर्मा, बबिता अग्रवाल, बाल कल्याणका सञ्चालक पिडी चौधरीलगायतको सहभागितामा थियो ।