वीरगंज,पुस १७ । लायन्स क्लव अफ वीरगञ्ज गोल्डेन स्पैरोले वीरगञ्ज स्थित आमाको छात्रावासमा खाद्यान्न एवम ट्रैकसूट वितरण गरिएको छ ।

ठाकुर राम कलेज पछाडी रहेको आमाको छात्रावासमा रहेका टुहुरा बालबालिकाहरूलाई एकत्रित गरी उनीहरुको पढाई लेखाई तथा भरणपोषण र उच्च संस्कारका निम्ति खोलिएको संस्थाको लागि लायन्स क्लव ऑफ वीरगंज गोल्डन स्परोले उहाँको योगदानलाई कदर गर्दै विभन्न समयमा सहयोग गर्दै आएको छ ।

यो सहयोगलाई निरन्तरता दिदै आइतबार पनि क्लबले आमाको छात्राबास पुगी गैरहेको २०१७ लाई बिदाई गर्दै आउने २०१८ को लागि शुभकामना आदान प्रदान गरेको छ ।

शुभकामनाको मन्तव्य दिने क्रममा पास्ट मल्टीपल रमेश अग्रवालले क्लवको यो कार्यलाई सघाएका छन भने अन्य भौतिक कार्य सकेसम्म निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

शुभकामना मन्तब्यको क्रममा लायन्स क्लवका अम्बेसडर अफ गवर्नर उमेश साह कानूले लायन्स क्लब गोल्डन स्पैरो बिगत र वर्तमान समयमा जून श्रद्धा मायाको छात्रबासमाथि गर्दै आएको छ त्यो श्रद्धा आउने समयमा पनि रहिरहने प्रतिबद्धता जनाउनु भयो ।

वीरगंजको १९ वटा लायन्स क्लबहरुले आउने समयमा कुनै ना कुनै कार्यक्रम लिएर आमाको छात्रबासमा आउने विश्वास दिलाए ।

उक्त छात्रबासमा आम जनमानसलाई पनि आफ़्नो सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा ज़ोन चेयर पर्सन मुकुन्द बहादुर क्षेत्रीले आउने समयमा आमाको छात्रबासमा खाद्यान्न बितरण गर्ने प्रतिबद्धता जनाए । गोल्डन स्पैरोका अध्यक्ष लायन आरती अग्रवालले गएको समयमा वर्तमानमा र आउने समयमा लायन्स क्लब गोल्डन स्पैरोले कुनै न कुनै रूपमा आमाको छात्रबासमा योगदान दिने बताउनु भयो । ‌

कार्यक्रमको संचालन खुश्बु अग्रवालले गर्नु भएको थियो भने आमाको छात्रबासका श्री दिनेश चौधरीजीको उपस्थितिमा भएको सो कार्यक्रममा क्लबका मेम्बर कोमल लोहिया, श्वेता अग्रवाल, खुशी चौरसिया लगायतका सम्पूर्ण सदस्यहरुको उपस्थिति थियो।