वीरगंज, १५ चैत्र
क्यान्सर रोगबाट संक्रमित एक बालिकाको उपचारमा सहयोग स्वरूप लायन्स क्लवले एक लाख रुपैयाँ प्रदान गरेको छ ।सेवा नै धर्म हो भन्ने लायन्सको उक्तिलाई चरितार्थ गर्दै महिलाहरूको संस्था लायन्स क्लव वीरगंज गोल्डन स्पैरो वीरगंज गोल्डन स्पैरोका युवा अध्यक्ष आरती विकास चौधरीले निकटवर्ती संस्था नेपाल ओरिक हिलिंग तथा विभिन्न श्रोतबाट संकलित गरी रू एक लाखको नगद राशी दुई वर्ष देखि ब्लड कैंसर पीडि़त वीरगंज निवासी बालिका श्रेया पटेललाई सहयोग प्रदान गरिएको लायन्स क्लवका एम्बेसडर अफ गवर्नर उमेश साह कानुले जानकारी गराउनु भयो ।लायन्नसका प्रमुख अतिथि लायनका अन्तर्रा्ष्ट्रिय व्यक्तित्व तथा नेपाल लायन्स समुदायका प्रेरणाका श्रोत इंजिनियर संजय खेतानले चंडीगढ़ P.G.I चिक्तशारत बालिकाका पिता बलिराम प्रसादलाई सो चेक प्रदान गर्नु भयो ।मानव सेवा र लायन्स एक अर्काका पूरक थियो, छ र रहिरहने छ भन्ने अभिव्यक्ति प्रमुख अथितीले व्यक्त गर्नु भयो।समाहरोहमा एम्बेसडर अफ गवर्नर उमेश साह कानु, सक्रिय युवा बचत संस्थाका अध्यक्ष पीयूष कादमिया, लायन्स ग्रीनका अध्यक्ष रिकेश साह, लायन्स राइजिंग रवी सर्राफ, लायन्स स्वता गोयन्का, पुरुषोत्तम गुप्ता तथा विभिन्न उपस्थित महानुभवहरुले सरहानीय काम गरेकोमा प्रशंसा गरेका थिए ।