वीरगंज २२ पुस ।लायन्स कल्ब अन्तराष्ट्रिय ३२५ वी २ डिष्ट्रिक्टको एरिया मिट एवं फेलोसिप कार्यक्रम आज वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर स्थित नगर सभागृहमा आयोजित कार्यक्रमको पुर्व अन्तरिष्ट्रय डाइरेक्टर संजय खेतानले उदघाटन गर्नुभएको हो । कार्यक्रममा वीरगंज लगायत जीतपुर सिमरा, हेटौंडा र नारायण घाटका लायन्स कल्वका प्रतिनिधीहरुको सहभागिता रहेको छ । कार्यक्रममा लाइन्स र लियो कल्वका गतिविधिहरुको बारेमा छलफल हुनुका साथै भावी कार्यक्रम र योजनाहरुको बारेमा छलफल भएको कार्यक्रमका मिडिया संयोजक लायन विजय कुशवाहाले जानकारी दिनुभयो । एरिया चिफ देव चौधरीको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका नगरप्रमुख विजय सरावगी, पर्साका प्रहरी उपरिक्षक डा गणेश रेग्मी, राम श्रेष्ठ, पिएम सिसि रमेश अग्रवाल, चियर पर्सन विजया औझैया लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जोन चियर पर्सन बासु तिमल्समीनाले गर्नुभएको थियो । भने कार्याक्रममा लायन्स क्लबका एम्बेष्डर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, लायन उमेश साह कानु, रिजन चेयर पर्शन लायन प्रजय हरलालका, जोन चेयर पर्शन लायन रेखा बैद्य, लगायत लायन्स क्लब एरिया २ अन्तरगतका लायन्स तथा लियो सदस्यहरुको उल्लेखय सहभागिता रहेको थियो ।