वीरगंज ,भदौ २५ । मकवानपुरको हेटारैडा–१० बसपार्कमा अस्थायी प्रहरी पोष्टका प्र.स.नि. मनोजकुमार चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला नुवाकोट सुनखानी–२ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. १३ बसुन्धरा बस्ने बर्ष ३४ को प्रलाद गुरुङ्गलाई लागू औषध डाईजेपाम २५ एम्पुल, फेनारगन २६ एम्पुल, व्यूप्रिनोर्पिmन २० एम्पुल र एभिल २२ एम्पुलसहित पक्राउ गरेको छ । यसैगरी आजै दिउसो जिल्ला मकवानपुर भैसे गा.बि.स. वडा नं. १ स्थित प्रहरी चेक प्वाईन्टमा प्रहरी चौकी भैसेबाट प्र.स.नि. राम बाबु सिंहकोे कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा तर्पm बाट काठमाण्डांै तर्फ जाँदै गरेको ना.१ ज ४२६० नं.को टाटा सुमो गाडीलाई रोकी चेक÷जाँच गर्ने क्रममा सोही गाडीमा यात्रा गरी आएका भारत मोतिहारी बहादुरपुर घर भएका बर्ष २८ को अरुण पटेललाई पनि औषध डाईजेपाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र व्यूप्रिनोर्पिmन ६० एम्पुलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रनाउ शिशु शर्माले जानकारी दिनु भएको छ ।