बीरगंज, २० असोज । संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले आज विभिन्न कार्यक्रम गरी सरकारको विरोध गरेको छ । गौर सदरमुकाममा महिलाहरूले थाल जुलुस प्रर्दशन गर्दै विभिन्न नारा लगाएका थिए । मधेश क्रान्तिचोकबाट शुरू गरी गौर बजारका विभिन्न भागमा थाली बजाउदै जुलुस प्रर्दशन गरिएको थियो । सदभावना पार्टीका किरण ठाकुरकी नेतृत्वमा जुलुस प्रर्दशनमा सयौ महिला सहभागी थिए । यसैगरी निजि विद्यालयले पनि गौरमा जुलुस प्रर्दशन गरेका छन । गौरको राइस मिलबाट शुरू गरिएको जुलुस नगर परिक्रमा गरी समापन गरिएको थियो । नेपाल सदभावना पार्टी जिल्ला कार्य समिति रौतहटद्धारा आज गौरमा जुलुस प्रर्दशन गरिएको थियो । मधेशको माग पुरा गर , जस्ता अनेकौ नारा लगाउदै नगर परिक्रमा गरिएको थियो । आजै सदरमुकाम गौर र भारतको नाकामा १२ औ दिन रिले अनसन जारी गर्दै गौर बैरगनीया नाका बन्द गरिएको छ । यसैगरी औरया र भारतको नाकामा आज १३ औ दिन रिले अनसन जारी गरी नाका अवरोध गरेका छन । हिजोदेखि बकुल नाकामा रिले अनसन जारी गरेको छ । यसैबीच संघीय समावेशी मधेशी मोर्चा पर्साले खाली थाल ठटाएर बीरगंजमा विरोध प्रदर्शन गरेको छ । मोर्चाले मधेशीको माग प्रति सरकार गम्भिर नभएको भन्दै खाली थाल ठटाएर विरोध प्रदर्शन गरेको हो । शान्तिपूर्ण आम हड्ताल र सडक प्रदर्शनबाट सरकारले मधेशको माग सम्बोधन गर्न तर्पm सुनुवाई नगरेपछि असोज ७ गते देखि वीरगंज–रक्सौल बीच सिमा नाकाबन्दी गरी संघर्षमा रहेका मोर्चाले थप विरोधका कार्यक्रम अन्तर्गत आज खाली थाल ठटाएर विरोध जनाएको मोर्चँका नेता शिव पटेलले बताए । मोर्चाले घण्टाघर चौकबाट खाली थाल ठटाउदै नगर परिक्रमा गरी आदर्शनगर चौकमा पुगेर कोणसभा गरेको थियो । कोणसभामा मोर्चाका नेताहरू शिव पटेल, राजकुमार यादव, शशि कपुर मिया, अनिरूद्ध सिंह, सरिफ अहमद, प्रेमबाबु पटेल, नन्दन यादव, छोटेलाल यादव, उमेशलाल सहनी, मनोज कर्ण, कृष्ण पटेल, केदार साह, अजय मिश्रा, सुधिर नाथ पाण्डे, मुस्तकिम अंसारी, ईश्वर यादव, जयमंगल सिंहलगायतले मनतव्य व्यक्त गरेका थिए ।