वीरगञ्ज, १५ आषाढ।महिला बाल–बालिका तथा समाज कल्याण सँघ नेपाल द्धारा सँचालित रेडियो तराई १०७ मेगाहर्जले आफ्नो ७औं बार्षिकोत्सवको अवसरमा आज सामाजिक रुपान्तरणका लागि आमसञ्चारको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

महिला बाल–बालिका तथा समाज कल्याण सँघ नेपालका अध्यक्ष तथा रेडियो तराईका कार्यकारी निर्देश्क अजय यादवको अध्यक्षतामा रेडयोको आफ्नै प्राँगणमा सम्पन्न अन्तरकृया कार्यक्रमका बक्ताहरुले प्रभावकारी सँचार माध्यमका लागि विश्वसनियता अपरिहार्य तत्व भएको कुरामा जोड दिएका थिए।

कार्यक्रममा सहभागि नेपाल पत्रकार महासँघ पर्साका पुर्व सभापति अशोक तिवारी, सचिव कृष्ण खनाल, प्राध्यापक डा विश्वम्भर शर्मा, उमेश चौरसिया, बरिष्ठ डेन्टल रोग विशेषज्ञ डा.मनोज उपाध्याय, श्री भवानी हस्पिटलका बालकृष्ण उप्रेती लगायतकाहरुले छोटो समयमै रेडियो तराईले गरेको प्रगति तथा मध्यतराईमै आफ्नो छुटै पहिचान बनाउन सफल रेडियोको रुपमा चिनिनुका साथै नेपाल सरकार द्धारा अनुदान प्राप्त सोलार बाट चल्ने पर्सा जिल्लाकै पहिलो रेडियोको रुपमा परिचित यस रेडियोको प्रगतिको कामना गर्नुभयो ।