वीरगंज २६ पुस ।  नेपाल रेडक्रस सोसाइटी पर्साको सहयोगमा हालै चलिरहेको शितलहरीका कारण गाउपालिका नगरपालिकामा तथा महानगरपालिकामा समेत विभिन्न समयमा जाडोबाट वचन बचाउनका लागि कम्वल वितरण गर्ने कार्य भईरहेको छ ।
पर्सा जिल्लाका वृद्ध, असहाय, बच्चा, महिलाहरुलाई जाडोको कारणले जिवन जोगाउन अति कठिनाई भईरहेको हुदाँ त्यस प्रकारका असहाय व्यक्तीहरुलाई कम्बल वितरण गर्न कार्य भईरहेकोमा आज रेडक्र्स पर्साद्वारा आज जगरनाथपुर गाउपालिका वडा २-६, मसिहानी , बिजवनिया, जानकिटोला, औराहामा १३० थान कम्बल, जिराभवानिपुर गाउपालिका वडा ४ सुपौली भवानीपुरमा ५० थान कम्बल, बहुदरामाइ नगरपालिका वडा ४ बहुअरिपिडरिमा ३८ थान गरि जम्मा २१८ थान कम्बल बितरण गरियो ।
निमत्त प्र.जि.अ. दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा र रेडक्र्स सभापती फुलमहम्मद मियाको सभापतित्वमा कम्बल बितरण गरिएको थियो भने कम्बल बितरण कार्यक्रममा मेयर जालिम मुखिया, पुर्व सान्सद जयप्रकाश थारु, शाखा अधिकृत उदयराज शर्मा, पत्रकार महासघका सचिव युवराज खड्का, रेडक्र्स पर्साका सहायक राजन श्रीवास्तव, नायब सुब्बा कृष्ण थपलिया, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी प्रतिनिधि, स्थानीय बासिन्दाहरुको रोहबरमा सो कम्बल बितरण गर्ने कार्य गरिएको थियो ।
कम्बल बितरण कार्यगर्नुका साथै सहभागी हुनेहरुलाइ जाडोबाट वचन बचाउन अपनाउनु पर्ने उपायहरुको बारेमा समेत निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्तले जनचेतना दिनु भएको कुरा राजन श्रीवास्तवले बताए ।