वीरगंज, १७ भदौ । रिलिफ सोसाइटी अफ कमर्श र लायन्स क्लब अफ वीरगंजको आयोजनामा वीरगंजकोे राणीसति अतिथी सदनमा संचालित रक्तदान कार्यक्रममा ३ महिलासहित २५ जनाले रक्तदान गरिसक्नुभएको छ । लायन्सका अनुप अग्रवालको अध्यक्षता तथा डिष्टीक गर्भनर मधुशुदन शर्माको प्रमुख आतिथ्यमा भैरहेको रक्तदानमा महावाणिज्यदुत भीसी प्रधान, विमल, अनुप अग्र्रवाल रोशनी क्षेत्री, श्रृति चौरसिया, कृष्णा देवकोटा, सन्देशनाथ ठाकुर, अमर झालगायतले रक्तदान गरिसक्नुभएको छ ।