वीरगंज ३ साउन ÷  राष्ट्रिय मधेश समाजवादी पार्टीले आज विज्ञप्ती मार्फत सिमाङकनसहितको संविधान जारी गर्न माग गरेको छ । चारदलको १६ बुदे सहमतिमा समर्थन जनाएको रामसपाका प्रवक्ता केशव झाले आज विज्ञप्तीमार्फत सिमाङकनसहितको संविधान जारी नभए सो संविधानलाई नमान्ने चेतावनि दिएको छ ।

प्रवक्ता झाले जारी गरेको विज्ञप्तीमा देशको तत्कालिन परिस्थितीको आकलन गरी ४ दलको १६ बुदे सहमतिलाई आफनो पार्टीले समर्थन गरेपनि सीमाङकन सहितको संविधान जारी नगर्दा सर्वाेच्च अदालतको पनि उपहास हुनुका साथै देशमा थप द्धन्दको सृजना हुने भएकोले सीमाङकन सहितको संविधान जारी गर्न माग गरेको छ ।

यसैगरी पार्टी प्रवक्ता झाले मस्यौदामा रहेको नागरिकता सम्बन्धि प्रावधानमा पनि पार्टीको आपत्ति रहेको जनाउदै जारी हुने जुनसुकै प्रकृतिको नागरिकतालाई पनि समान अधिकार दिइनुपर्ने उल्लेख छ । साथै प्रवक्ता झाले साउन ४ र ५ गते मस्यौदामा राय सल्लाह सुझाव दर्ता गर्न पनि आग्रह गरेका छन । उनले आफनो गुनासोहरु टिपाउने कार्यबाट बंचित नहुन सबैलाई आग्रह गरेका छन ।