वीरगंज, १६ जेठ÷मधेसी जनअधिकार फोरम नेपाल पर्साको अयोजनमा आज होटल कुमु पैलेसमा पार्टी प्रवेश कार्यक्रम भएको छ । पार्टी प्रबेश कार्यक्रममा राष्टिय मधेस समाजवादी  पार्टी पर्साका नगर अध्यक्ष राजुदिन बाबु समेतका व्यक्तिलाई फोरम नेपालका उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दीले अबिर टिका लगाएर पार्टी भित्र स्वागत गरेका थिए ।

उपाध्यक्ष एवं सभासद् गद्दीले मधेसी मुद्दालाई बलियो बनाउन युवाहरुको सक्रिय भूमिका हुने हुदा युवा जमातको पार्टी प्रवेशबाट बल पुगेको बताए ।फोरम नेपाल पर्साका अध्यक्ष्ँ प्रदिप यादवको अध्यक्षतामा  सम्पन्न पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य बिरेन्द्र यादव, पुर्व मन्त्री करिमा बेगम, मुस्लिम फोरमका अध्यक्ष मौलाना नुरूलहोदा, वरिष्ठ उपाध्यक्ष मन्जुर समानी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।