वीरगंज श्रावण ६

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आएको तस्करीको २ किलो ६ सय ८० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७  बाहक अरीफ अली छन् ।उनीहरू थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका खुलेको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले आफ्नो शरीरभित्र लुकाईछिपाई सुन ल्याएका थिए । तर, बिमानस्थलको एराईभल गेटमा पक्राउ परे ।थप अनुसन्धान जारी रहेको बताइएको छ ।