वीरगंज,१ फाल्गुन । ने क पा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव राम बहादुर थापा बादलले मूलुकमा रहेको शासनात्मक स्वरुप परिवर्तन भई नया शक्तिले शासन सत्ता सम्हाले पनि राष्ट्रवादी चिन्तनभन्दा दलालवादी चिन्तन हाबी भएकाले मूलुकको विकास नभएको बताउनु भएको छ ।
वीरगंजमा शनिबार सम्पन्न २१ औं जनयुद्ध दिवस र नेपालको राजनैतिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ने क पा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव बादलले त्यस्तो धारणा राख्नु भएको हो । बिभिन्न योजना , सपना र विकासका सम्भावना बोकेर नेकपा माओवादीले शसस्त्र आन्दोलन सुरु गरेको सम्झना गर्दै ने क पा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव बादलले त्यस बेलाको चिन्तन पूर्ण सफल नभएको केही महत्वपूर्ण उपलब्धी हासिल गरिएको भए पनि जनतामा राष्ट्रवादी चिन्तन जगाउन सफल भए पनि शासन सत्ता सम्हाल्ने नेतृत्ववर्गमा राष्ट्रवादीको खडेरी परेको र तत्कालिन जनयुद्धले केही ऐक्काधिकारलाई चिर्न सफल भए पनि त्रृटीपूर्ण सम्झौताहरु , दलालवादी शासकको मानसिकता र प्रवृति कायम रहेको दाबी गर्नु भयो ।
कम्यूनिष्टरुको न जात , न धर्म , न भूगोल केही नहुने सबै कम्यूनिष्ट मात्र हुने भएकाले जातीय , क्षेत्रिय नभई वर्गीय हितलाई ध्यानमा राखेर मूलुकको विकासका लागि लाग्नु पर्नेमा उहाले जोड दिनुभयो । वैचारिक चिन्तन विकास गरी अग्रगामी सोच हाबी भएमा हामीले सफलता हासिल गर्ने छौं उहाले भन्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा प्रध्यापक एंव वीरगन्ज पब्लिक कलेजका निर्देशक डा.दीपक शाक्य , प्रध्यापक डा. विश्वम्भर शर्मा , ने क पा क्रान्तिकारी माओवादी पार्टीका सल्लाहकार राम आश्रय राम , दिवाकर , ने क पा क्रान्तिकारी माओवादी पार्टी पर्साका सह सेक्रेटरी बालेश्वर दहैत थारु , नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा लगायतले आ आफ्नो विचार रहख्नु भएको थियो । राम प्रसाद पाण्डेको सहजीकरणमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम ने क पा क्रान्तिकारी माओवादी पार्टी पर्साका सेक्रेटरी पि.एल. श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न भएको थियो ।