काठमाडौं, १५ भदौ । हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपालले मंगलबार संविधानसभा भवन घेरेको छ ।

rrp nepalसनातन हिन्दु राष्ट्र माग गर्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट र्याली सहित नयाँबानेश्वर पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेता तथा कार्यकर्ताहरुले मंगलबार अपरान्ह संविधानसभा भवन घेरेको हो । निषेधित तोड्दै शान्तिपूर्ण रुपमा संविधानसभा भवन घरेको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘धर्म निरपेक्ष खारेज गर, सनातन हिन्दु राष्ट्र सुनिश्चित गर’ लेखिएको प्लेकार्ड सहित राप्रपा नेपालले संविधानसभा घेरेको हो । चरणबद्ध आन्दोलनका क्रममा आउँदो भदौ २० गते पनि संविधानसभा घेराउ गर्ने कार्यक्रम रहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसैबीच नयाँ संविधानमा नेपाललाई हिन्दु राष्ट्र उल्लेख गर्नुपर्ने माग सहित संविधान सभा घेर्न पुगेका कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, कमलनयनाचार्यका कार्यकर्तामाथि भने प्रहरीले बल प्रयोग गरेको छ ।

jhadap pic

तीन कुनेतर्फबाट खड्काको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले प्रहरीले सुरक्षा घेरा तोड्दै अघि बढेपछि झडप भएको हो । हिन्दूवादीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरी अश्रुग्यास र पानीको फोहोरा हानेको छ । यस क्रममा ढुंगामुढा समेत प्रहार भएको छ ।

jhadap

उत्तरतर्फबाट धर्मगुरु कमलनयनाचार्य र पूर्वतर्फबाट साधु बाबाहरुले प्रदर्शन गरेका थिए । कमलनयनाचार्य नेतृत्वको प्रदर्शनकारीले प्रहरीमाथि ढुंगापछि झडप भएको हो। प्रहरीले भने भिडलाई तितरवितर बनाउन अश्रुग्यासका साथै पानीको फोहोरा हानेका थिए । पानीको फोहोराले हिन्दू राज्य पक्षधरहरु सडकमा ढलेका थिए ।