काठमाडौं, २५ माघ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आन्दोलन तुहाउने भूमिका निर्वाह गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास भक्तपुरमा सोमबार बिहान बसेको मोर्चाका शीर्ष नेताहरुको बैठकले महतोले मधेस आन्दोलनलाई धोका दिएको निष्कर्ष निकाल्र्दै उनलाई कारबाही गर्ने निर्णय गरेको हो ।Rajendra Mahato

मोर्चाले जिम्मेवार नेता भएर आन्दोलन तुहाउन महतोको शंंकास्पद भूमिका देखिएकोले मधेसी जनता समक्ष सार्वजनिक रुपमा माफी मागेर गल्ती सुधार्न उनलाई निर्देशन समेत दिएको छ। महतोको वीरगन्ज नाका खोल्नु पर्ने भन्दै दिएको गैरजिम्मेवार अभिव्यक्ति र उनको अप्रत्यक्ष सहयोगले वीरगन्ज नाका खुलेको मोर्चा बैठकले निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग साँठगाँठ गरेर आन्दोलन तुहाउने कार्यमा महतोको हात रहेको भन्दै मोर्चा बैठकले नाका खुलेसँगै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले महतोलाई बधाई दिनुले उनीहरुबीच साँठगाँठ रहेको पुष्टि चएको निष्कर्ष पनि निकालेको छ।