नवलपरासी, १७ भदौ । तराई मधेशमा संयुक्त रुपमा आन्दोलन चर्काएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चाकडी गर्न काठमाडौं गएको आरोप लगाएका छन् ।

नवलपरासीको परासीमा बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष महतोले तराईमा आन्दोलन चलिरहँदा ठाकुर र यादव काठमाडौं जानु चाकडी गर्नको लागि भएको दावी गरे ।

आफ्ना माग सम्बन्धमा सरकारसँग तराईमै वार्ता हुने अभिव्यक्ति दिँदै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका शीर्ष नेaताहरु मध्यका ठाकुर र यादव काठमाडौं गएपछि महतोले उक्त आरोप लगाएका हुन् ।

महतोले सत्ता र भत्ताको मोह त्यागेर तराईको आन्दोलनमा फर्कन मधेसी सभासद्लाई आह्वान गरेका छन् । स्मरणरहोस केही दिनअघि नै सद्भावना पार्टीका सभासद्हरुले सभासद्बाट राजीनामा दिएका छन् ।

मधेसीर पहाडीय बीचको सद्भाव बिगार्न सरकार उद्दत रहेको भन्दै उनले मधेस प्रदेश नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । बन्द हड्तालको आन्दोलनलाई कमजोर ठाने तराईमा नाकाबन्दीदेखि सरकारी कार्यालय कब्जा गरी सशक्त आन्दोलन गर्ने उनको अर्का धम्की छ ।