वीरगंज, १९ असार÷ बालअधिकार संरक्षण र सम्वद्र्धनका लागि दिगो सरकारी संरचना सवलिकरण कार्यक्रम अन्तर्गत आज जिल्ला विकास समिति पर्साको सभाहलमा गाविस सचिव र जिविस प्रतिनिधि गरी ४५ जनाको उपस्थितिमा बाल अधिकारमा आधारित स्थानीय योजना तर्जुमा प्रकृया विषयक एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न् भएको छ ।

        कार्यक्रममा लक्षित वर्गको रकम जुन बालबालिकाका लागि खर्च गर्नु पर्ने हो सिएफएलजी लागु भएको गाविसले घटिमा १५ प्रतिशत र अन्य गाविसले घटिमा १० प्रतिशत यस वर्ष कुन कुन गाविसले के कति निकासा गर्याे । सो रकम के मा खर्च गर्याे र के कस्ता समस्या भए वा छन भन्ने विषयमा सहभागिहरुको रायसुझाव सल्लाहसहितको समिक्षा भएको थियो ।