वीरगंज जेष्ठ २४

‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहितका पाँचजनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।सफाइ पाउनेमा थापासहित पूर्वराष्ट्रिय खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अन्जन केसी रहेका छन् ।आरोपित खेलाडीहरुको मुद्दामाथि विशेष अदातलमा बुधबार ९हिजो०देखि जारी अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई सफाइ दिएको हो ।पूर्वकप्तान सागर थापासहितका खेलाडीहरुले राष्ट्रिय फुटबल टोलीका लागि खेलेका विभिन्न खेलमा मिलेमतो गरेको आरोप लागेको थियो ।प्रहरीले वि।सं। २०७२ साल असोज २७ गते राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो ।सरकारी वकिलको कार्यालयले उनीहरुलाई राज्यविरुद्धको अपराध ऐनअन्तर्गत् जन्मकैदको माग गदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।नेपालमा ‘म्याच फिक्सिङ’सम्बन्धी कानुन नभएकाले उनीलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।