वीरगंज, चैत्र ५ ,
वीरगंज महानगरपालिका मेयर र वडा नं. २३ का वडा अध्यक्ष सहितको टोलीले आज वडा नं. २३ को ईटियाही पोखरी र अवरुद्ध रहेको श्रीसिया पुलको निरिक्षण गरेका छन । पोखरीको पानीले बाटोघाटो र मन्दिरलाई समेत क्षति पुरयाउन थालेको भन्दै वडा अध्यक्ष कुशवाहाले तत्काल मर्मत संभार गर्न सो निरिक्षण गरिएको जानकारी दिनुभयो । सो अवसरमा मेयर बिजय सरावगीले छिटै पोखरी लगातय भौतिक पुर्वाधार संरक्षण गर्न आसवासन दिनुभयो । यसैगरी श्रीसिया नदीमा निर्माण भएर संचालनमा नआएको पुलको समेत निरिक्षण गरिएको थियो । केही स्थानियका कारण अवरुद्ध रहेको पुल संचालनका लागि मेयर सरावगीले सरोकारवाला निकायमा छलफल गरी संचालन गर्ने आसवासन दिनुभयो । वडा अध्यक्ष अवधकिसोर कुशवाहाको अगुवाईमा भएको निरिक्षण कार्यक्रममा वडा सदस्य लालबाबु यादव, रामप्रसाद यादव, फुलबचनी देवी पासवान लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।