वीरगंज, जेठ २०÷ मुस्लिम समुदायले आज शब–ए–बरात अर्थात शोभरात मनाएका छन । पितृको संझनामा उनिहरुको शान्ति लागि अन्तिम संस्कार गरिएको कब्रस्थानमा गएर प्रार्थना शोभरातका दिन नेवाज पढिन्छ र प्रसाद बाडिन्छ ।

आज बिहान कब्रस्थानमा २ बजे र मस्जिदमा ४ः२० बजे नेवाज पढेर नेपाली मुस्लिमहरुले यसवर्षको शोभरातलाई बिदा गरेको हाजि बाबुजान अलिले बताउनुभयो । शोभरातको अवसरमा पितृ प्रसादको रुपमा खासगरी हलुवा र रोटी बनाइन्छ भने घरमा शाकाहारी, मासांहारी व्यञ्जन बनाइन्छ । आजको दिन गरीब दीनदुखीहरुलाई खाना अनि लत्ताकपडा दान गर्ने प्रचलन रहेको हाजी अलिले बताउनु भयो । पितृले गरेको गल्तीलाई माफ गरी आत्माको शान्तिको लागि शब–ए–बारात अर्थात शोभरातमा अल्लाहतालासंग प्राथना गरिने वहाले बताउनुभयो ।