वीरगंज ३ मंसिर ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंजको विकास संगै मुलुकको भविष्य जोडिएको बताउनु भयो । वीरगंज उद्योग वाणिज्य संघद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले मधेश आन्दोलन र नाकाबन्दीले प्रभावित वीरगंजको विकासका लागि राज्यले ठोस कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । सो अवसरमा उहा“ले मुलुकको पुरानो शहर वीरगंजको विकास अन्य शहरको तुलनामा अगाडी बढन नसकेकोमा चिन्ता व्यक्त गर्दै वीरगंजमा चक्रपथ निर्माण, ग्रेटर वीरगंजको अवधारणा साकार पार्न आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाको सभपातित्वमा सम्पन्न कार्यक्रममा वीरगंजका उद्योगी व्यवसायिहरुले औद्योगिक तथा व्यापारिक क्षेत्रमा उत्पन्न कठिनाई, भा.रु. ५ सय र हजार रुपैयामा लागेको प्रतिबन्धले पारेको प्रभावका सम्बन्धमा वरिष्ठ नेता पौडेल स“ग गुनासो व्यक्त गरेका थिए ।
यसैगरी नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारलाई कमजोर बनाउने खेलमा नेपाली कांग्रेस नलाग्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाराले कलैया स्थित पाटी कार्यलयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्र्दै बरिष्ठ नेता पौडेलले अख्तियारलाई कमजोर पाने खेलमा कांग्रेस नलाग्ने बताउनुभएको हो । भ्रष्टचार गर्ने छुट कसैलाई पनि घुट नभएको भन्दै अख्यिारका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध थाल्ँिएको कदम सह्रानिय रहेको बताउनुभयो । पुर्व सभामुख समेत रहनुभएका प्ँँैडेलले मुलुकमा कर्मचारी मात्र भ्रष्टचार नभइ नेताहरु समेत भ्रष्ट रहेको बताउनुभयो । अर्को प्रसंगमा नेता पौडेलले सविधान संशोधन मार्फत तराई मधेशमा उठेको सन्तुष्टिहरुलाई सम्बोधन गर्दै सबैको हुने सविधान निर्माण गर्न वर्तमान सरकार लागी परेको दावि गर्नुभयो । पाटी सभापति जयचन्द चौरसीयाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद रामकृष्ण यादव, लालबाबु सिंह, रमेश रिजाल, पुर्व मन्त्रि अफताव आलम, पुर्व सांसद शोभाकर पराजुली लागयतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहसजीकरण चन्द्रशेखर यादवले गर्नुभएको थियो ।