नयाँ दिल्ली,१२ साउन । बलिउड अभिनेता सलमान खानले मुम्बईको हाइकोर्टले हिट एण्ड रन केसमा दिएको जमानत खारेज गरेको छ । यसअघि जमानत पाएसँगै सलमान खान जेल जानबाट बचेका थिए । तर, अब उनको मुद्दामाथि पुनः ३० जुलाइबाट सुनवाई हुने भएको । सलमान खानले सन् १९९३ मा भएको मुम्बइ बम काण्डका दोषी याकुब मेननलाई फाँसी दिन नहुने भन्दै शनिबार राती १४ वटा ट्वीट गरेपछि उनी विरुद्ध मुद्दाको सुनुवाइ पुनः सुरु गर्न भन्दै सत्तारुढ दल भारतीय जनता पार्टीले याचिका दायर भएको थियो । यसैकारण अदालतले सलमानको जमानत रद्द गरेको बताइएको छ ।