वीरगंज अषाढ ७

विश्वकप सुरु हुनु अघि ब्राजिललाई विश्वकपको सबैभन्दा बलियो दावेदारको रुपमो हेरिएको थियो ।तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेसँगै ब्राजिलको पहिलो विश्वकप यात्रा अपेक्षित रहेन ।त्यही ब्राजिलले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा आज महादेशीय प्रशिद्वन्द्वी कोष्टारिकासँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ ।समूह ई बाट ब्राजिल र कोष्टारिका आमने सामने हुँदा आजै यही समूहको सर्बिया र स्वीट्जरल्याण्डको खेल पनि हुँदैछ ।विश्वकपको सुरुआती खेलमा भोगेको अनपेक्षित बराबरी र नेइमारको फिटनेसका बारेमा आएका अनर्गल हल्लाहरुको बीचमा ब्राजिलका सुपरस्टार मिडफिल्डर फिलिप कोउटिन्होले ब्राजिल र उसका समर्थकलाई धैर्य रहन आग्रह गरेका छन् ।यता कोष्टारिका पहिलो खेलमा ‘ग्रुप पेससेटर’ सर्वियासँग १–० ले पराजित भएको थियो । अलेक्सान्दर कोलासोभले शानदार फ्रिकिक गोल गरेपछि ओस्कार रामिरेजको टोली पराजित हुन पुगेको थियो ।