बिरगंज, मंसिर ३ ।
मालपोत कार्यालय पर्सामा लेखनदासहरुले कामकाज ठप्प पारेका छन । हालै अनलाईन सेवा लागु भएपछि सेवा संचालनको लागि आठ जना कर्मचारी करारमा नियुक्त गरिएको थियो । नियुक्त करारका ८ कर्मचारी मध्ये ४ जनालाई आज देखि निमित प्रमुख भएका हरीनारायण  मिश्रले  अवकास दिएपछि ८ जना कर्मचारीहरु आन्दोलित भएका थिए । उनीहरुले साउन देखि तलब सुबिधा नपाएको अवस्थामा एक्कासी ४ जनालाई अवकास दिएपछि सो को बिरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन दिएर कामकाज ठप्प पारेका छन । अनलाईन सेवा बाट काम नभएपछि कार्यालय खोल्नुको औचित्य नरहको भन्दै लेखनदासहरुले मालपोतका काम बिहान ११ बजे देखि ठप्प पारेका हुन ।