वीरगंज, १ असार ÷ नेपालमा बैशाख १२ र २९ गतेको भुकम्पपछि बीरगंज नाका भएर बेचबेखिनका लागि भारत लैजादै गरेकी २ दर्जन चेलीहरुको माइती नेपाल पर्साले उद्धार गरेको जनाएको छ ।

माइती नेपाल पर्साले खासगरी धादिङ, दोलखा, सिन्धुलीलगायतका स्थानबाट बीरगंज नाका भएर भारत जाने क्रममा चेलिहरुको उद्धार गरिएको बताएको छ । उद्धार गरिएका २ दर्जन चेलिमध्ये २० जनालाई उनिहरुको घर फिर्ता पठाएको माइती नेपालले जानकारी गराएको छ । बाकी रहेका ४ जना सुस्त मनस्थितिका भएकोले उनिहरुलाई हाल माइती नेपाल पर्साले नै आश्रय दिइरहेको छ । माइती नेपालले सुस्तमनस्थिति भएकी ४ युवतिहरुको घरमा सम्पर्क स्थापित गरी उनिहरुलाई पनि फर्काउने प्रयास गरिरहेको छ ।