बीरगंज, ९ असार÷ वुमन स्कील्स सेन्टरको आयोजनामा क्वेष्ट फर्माष्युटिकल्स छातापिप्रा बाराको आर्थिक सहयोगमा आजदेखी बीरगजमा ६ महिने फैसन डिजाइन तालिम शुरु भएको छ ।

                      बिजनेस एण्ड प्रोफेसनल वुमनको कार्यालयमा आयोजित तालिमको क्वेष्ट फर्माष्युटिकल्सका सहायक महाप्रबन्धक कमलेश दत्तले उदघाटन गर्दै संस्थागत समाजिक दायित्व अन्तर्गत तालिमको आयोजना गरिएको बताउनु भयो । वहाले महिला रोजगारीका लागि तालिम उपयोगी साबित हुने बताउनु भयो । बिजनेस एण्ड प्रोफेसनल वुमनको अध्यक्ष डा. विशेश्वरी शाहको अध्यक्षतामा सम्पन्न तालिम उदघाटन समारोहमा उषा शाह, निभा दास, सीता थापालगायतले मनतव्य व्यक्त गर्नुभएको थियो ।

             कार्यक्रममा स्वागत नेहारिका दासले सहजीकरण लक्ष्मी कर्णले गर्नुभएको बिजनेस एण्ड प्रोफेसनल वुमनको सहसचिव ममता राजकर्णिकारले बीरगंजपाटीलाई जानकारी दिनुभयो । वहाले १५ जना सहभागी महिलालाई मिनु भण्डारी र पुनमकुमारीले तालिम दिनुहुने पनि जानकारी गराउनु भयो ।