वीरगंज २८ जेठ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले  महासंघ पर्सा शाखाको भवनलाई  सुचना केन्द्रको रुपमा विकाश गर्नु पर्ने बताउनभएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको नवनिर्मित भवन एव २० औं साधारण सभाको आज एक समारोहका विच उदघाटन गर्नुहुदै अध्यक्ष विष्टले पर्सेली पत्रकाहरुले नव निर्मित भवनबाट अधिक लाभ लिन सके मात्र यसले सार्थकता पाउने बताउनुभयो ।पर्सेली पत्रकारको बृतिबिकाशको लागि नेपाल पत्रकार महासघ राज्य स्तरबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै श्रमजिवि पत्रकारहरुले कार्यरत संस्थाबाट पारिश्रमीक नपाउने अवस्थाको अन्त्यका लागि महासंघ जुटिरहेको बताउनुभयो ।

उहाले संचारकर्मीहरुको बिमा र द्धन्द्धपिडित  पत्रकारहरुको सहयोगका लागि ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गर्दै छिटो सविधान घोषणा गर्न सञ्चारकर्मीहरुले दवाब दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितल महत्तोले  पर्सेली पत्रकारहरुको सामुहिक एकता र लगनशिलताले छोटो समयमा महासंघको भवन निर्माण भएकोमा खसि व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको सभापतित्वमा भएको कार्यक्रममा सभासद विचारी यादव, प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे , पुर्व अध्यक्षहरु केसि लामिछाने, दिपेन्द्र चौहान, अशोक तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य महेश दास,  जग्गा दाता ज्योति लाल कलवार, राजनैतिक दलका रामनारायण कुमीर्, चिरञ्जीवि आचार्य, प्रदिप यादव , शशिकपुर मिया, बलिराम साह , महिला नेतृ करिमा वेगम, वरिष्ठ पत्रकार जगदिश शर्मा, वीरगंज उद्योगा वाणिज्य संघका प्रदिप केडिया, पुर्व अध्यक्ष अशोक वैद्य लगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य महासंघ पर्सा शाखाका उपाध्यक्ष धु्रव साहले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव कृष्ण उदास खनालले गर्नुभएको थियो । 

यसैगरी  नेपाल पत्रकार महासंघ पर्सा शाखाको २० औ साधारण सभा आज सम्पन्न भएको छ । साधरण सभाबाट महासंघका सचिव कृष्ण उदास खनालले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनुप तिवारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन बन्द सत्रले सर्वसम्मत रुपले पास गरेको छ । कोषाध्यक्ष तिवारीले सो अवसरमा भवन निर्माण तथा महासंघका विभिन्न गतिविधिमा ७० लाख ८७ हजार ३ सय रुपैया खर्च भएको आय व्यय प्रस्तुत गर्नु भएको थियो भने सचिव खनालले पत्रकार महासंघ पर्सा शाखाले पर्सेली पत्रकारहरुको भौतिक सुरक्षा, क्षमता विकासका गतिविधि, सुचना प्रविधि र खेलकुद जस्ता कार्यमा उल्लेख्य प्रगति गरेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बन्द सत्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पर्सेली पत्रकारहरुले बन्दसत्रमा प्रस्तुत गरेको सभ्य संस्कारले यहाको पत्रकारिता व्यवसायिकता प्रति उन्मुख हुदै गएको भन्दै खुशी समेत व्यक्तगर्नु भयो । उहांले महासंघको हिसाव किताब पारदर्शि रुपमा अडिट गरेर राख्न पर्सा शाखालाई निर्देशन समेत दिनुभयो । पर्सेली संचारकर्मीहरुले क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराउनु पर्ने धेरै उठाएको हुंदा केन्द्रले समेत क्षमता अभिवृद्धिका तालिम पर्सा शाखालाई प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी अध्यक्ष डा.विष्टले महासंघको सदस्यताको लागि पर्सेली धेरै संचारकर्मीहरु इच्छुक रहेको र जिल्ला शाखाको सिफारिसमा दिन योग्य अयोग्य व्यक्तिको पहिचानगरी केन्द्रले सदस्यता दिने स्पष्ट पार्नु भयो । महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा  बन्द सत्र सम्पन्न भएको थियो