बीरगंज २५ जेष्ठ/ नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनको लागि आज यहांका उद्योगी तथा बीरगंज उद्योग बाणिज्य संघका उपाध्यक्ष सुुबोध कुमार गुप्ताले सहयोग उपलब्ध गराउनु भएको छ । आज आफ्नै ब्यापारिक फर्ममा उहांले भवन निर्माणको लागि सहयोग स्वारुप २२ हजार, एक रुपैंयांको चेक महासंघका सचिब र कोषाध्याक्ष कृण्ण उदास खनाल एवं अनुप तिवारीलाई हस्तान्तरण गर्नुभएको हो ।

 महासंघको भवन हामी सबैको साझा सम्पति भएकोले यसमा सहयोग गर्न पाउंदा आफुलाई सन्तुष्टी प्राप्त भएको धारणा समेत राख्नु भयो ।उहांले महासंघलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराइराख्ने धारणा समेत राख्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले सहयोग उपलब्ध गराउनु भएकोमा गुप्तालाई आभार प्रकट गर्नुहुंदै महासंघको संस्थागत बिकासले सबैको हीतमा काम हुने धारणा राख्नुभएको थियो ।