वीरगंज जेष्ठ । वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रमा विनाशकारी भुकम्पले पारेको प्रभावका बारेमा पर्सा क्षेत्र नं. का सभासद राजेन्द्र बहादुर अमात्य लगायत नेपाली कांग्रेसको टोलीले स्थलगत निरिक्षण तथा अवलोकन गर्ने कार्य प्रारम्भ गरेको

 सभासद अमात्य सहितको टोलीले आज पर्साको बैरिया विर्ता गाविसमा पुगेर भुकम्पले पुर्याएको क्षति, विद्यालय, गाविस भवनको अवस्था तथा स्थानिय प्रभावित वासिन्दाहरुको घरहरुको समेत स्थलगत निरिक्षण गरेको थियो

सो अवसरमा सभासद अमात्यले घर चर्किएर तथा भत्किएर प्रभावित भएका बासिन्दालाई सरकारको तर्फबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन आवश्यक पहल कदमी अगाडी बढाईने तथा भुकम्पबाट क्षतिग्रस्त भएका विद्यालय तथा गाविस भवन लगायतको निर्माण कार्य छिटो गर्न सम्बन्धीत निकायलाई दबाव दिने बताउनु भयो

 त्यसैगरी आजै सभासद अमात्यले संसदीय विकास कोष अन्तर्गत ग्रामिण क्षेत्रमा भईरहेका विकास निर्माणको समेत स्थलगत निरिक्षण गर्नु भएको थियो

 निरिक्षण कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव अशोक जयसवाल, केदार प्रसाद साह, गोपाल कुर्मी, बैरिया विर्ता गा.वि..का पूर्व अध्यक्ष रामप्रसाद यादव, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, नेपाल भारत मिडिया फोरमका अध्यक्ष श्रीराम रायमाझी, ध्रुव कुशवाहा, मोति रहमान लगायतको सहभागिता रहेको थियो