वीरगंज २८ भदौ, एमाले पर्साले आज आफ्नो चुनावी घोषणा पत्र सार्वजानीक गरेको छ । बिशेष गरि बीरगंज महानगरपालिकाको लागि तयारी गरिएको प्रतिबद्धता पत्र सार्वजानीक गरिएको हो । प्रतिबद्धतापत्र एमालेका महासचिब इश्वर पोखरेलले पत्रकार महासंघको हलमा आयोजित एक कार्यक्रमका बीच लोकापर्ण गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथीको आसनबाट मन्तब्य प्रकट गर्नुहूंदै महानगरका बिकासको नक्सा एमालेसँग मात्र भएकाले यो नगर एमालेले जितेर समृद्ध र समुन्नत शहर निर्माणमा सबै लाग्नुपर्ने धारणा समेत उहाँले उक्र अवसरमा ब्यक्त गर्नुभयो । एमालेलाई कमजोर बनाउनको लागि देशी बिदेशी शक्ती लागि परेको धारणा राख्नुहुँदै उहाँले सबै जात जाती र भाषा भाषीको समान अस्तित्वको लागि एमाले नै आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले नयाँ नेपाल निर्माण गरि गरीब किसान र बिपन्न बर्गको हीतको लागि एमालेको सबै तहमा नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले तराई मधेशको हितमा एमालेले ल्याएको प्रभावकारी नीति र कार्यक्रम नै एमालेको जितको आधार भएको बताउनुहुँदै तराईका २० जिल्ला सदरमुकामलाई सम्पन्न बनाउन र आधुनिक शहर निर्माण गर्न प्रति सदरमुकाम ५० ÷ ५० करोड दिनु, हुलाकी राजमार्ग निर्माणमा रकम बिनियोजन गर्नु , तराईका २० जिल्लाका अति बिपन्न तथा गरीब परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्नु, बृद्ध—बृद्धालाई भत्ता बृद्धि गरि २ हजार पुर्याउनु, र निशुल्क सम्म उच्च शिक्षा समेत पढाउने नीति अघि बढाउने काम एमालेले गरेको हुनाले निश्पक्ष र भ्रष्टाचार मुक्त शहर बनाउन एमालेले जित्न आवश्यक भएको धारणा राख्नुभयो । सो अवसरमा महनगर प्रमुख पदका उम्मेदवार बसुरुद्धिन अन्सारीले सबैको समान अस्तित्व रक्षाको लागि एमालेले जित्नुपर्ने र नगरको सबै प्रकारको बिकृति र बेथिति हटाउनु आफ्नो उम्मेदवारी भएकोले एमालेले सबै पदमा जित्ने धारणा राख्नुभएको थियो । एमालेका संयोजक प्रभु हजराको सभापत्विमा भएको कार्यक्रममा नेता एवँ सांसदहरु नागेन्द्र चौधरी, रामचन्द्र साह, बिचारी यादब, सुन्दर बिक, नेताहरु बालगोपाल थापा, चिरञ्जीबि आचार्य, उप प्रमुख पदका उम्मेदवार सोफिया आचार्य, उषमान अन्सारी, अरबिन्द सिँह, बाबुजान अली, लालबाबु शेष, मनोज चौधरी, वडा अध्यक्षका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।