बिरगंज, कार्तिक ३० ।
बाम गठबन्धनको तर्फबाट पर्सा निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसदका उम्मेदवार महमद सलिम मन्सुरको आज बिहान देखि बहुदरमाई नपाको नगरदाहाबाट घर दैलो कार्यक्रम प्रारम्भ भएको छ । घर दैलो कार्यक्रमको उदघाट्ट मन्सुरले गर्नुहुँदै सबै प्रकारको समस्या समाधानको मार्ग भननेको नै बाम गठबन्धनको पक्षमा जनमत सृजना गर्नु र बामपन्थीको सरकार बनाउन नगरदाहाका बासिन्दाहरु लाग्नु पर्ने धारणा राख्नुभएकोे थियो कार्यक्रममा प्रदेश सभका उम्मेदवारहरु रामचन्द्र साह ,छोटेलाल प्रसाद कुर्मी, जालिम मियाँ, लगायतको नेता तथा द्ुबै गठबन्धनका उम्मेदवाहरुको सहभागिता रहेको थियो । यसैगरि एमाले र कांग्रेसका उम्मेदावर बिचारी यादब र अनिल रुँगटाले पनि बेल्वामा घर दैलो कार्यक्रम गरिरहनु भएको समाचार छ ।