काठमाडौँ ५ असोज ।मधेसमा आन्दोलनरत एक दल  तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का शीर्ष नेताहरुसँग  प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार (आज )बिहान तमलोपा केन्द्रीय कार्यालयमा पुगेर प्रधानमन्त्री कोइरालाले छलफल गरेका छन्  । सामान्यतया, प्रधानमन्त्रीले राजनीतिक भेटवार्ताका लागि बोलाउने प्रचलन रहेपनि प्रधानमन्त्री कोइराला आफैं तमलोपा कार्यालयमा पुगेर छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री कोइरालाले तमलोपाका  पार्टीका अध्यक्ष महन्थ ठाकुल लगायत केही शीर्ष नेतासँग  छलफल गरेका हुन् ।