वीरगंज, १ साउन ÷जागरण मिडिया सेन्टरको आयोजना तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पर्साको सहकार्यमा सविधानको प्रारम्भिक मस्यौदा बारे छलफल गरिएको छ । छुवाछुत विरुद्ध सञ्चार सक्रियता भन्ने नारा सहित होटल कुमुमा आयोजित छलफल कार्यक्रममा मस्यौदाको आधारभुत स्वरुप, प्रस्तावना, राज्यको संरचना, निर्वाचन प्रणाली, राज्यका शासकीय स्वरुप, उत्पीडित तथा सिमान्तकृत समुदायको अधिकार लगायतका बारेमा छलफल गरिएको थियो । छलफल कार्यक्रम जागरण मिडियाका अध्यक्ष्ँ प्रेमबहादुर विश्वकर्मा, डा एकबहादुर किसानले सहजिकरण गरेका थिए । दलित कल्याण संघ पर्साका अध्यक्ष रामराज रामको अध्यक्षतामा भएको मस्यौदामाथिको छलफलमा जिल्लाका विभिन्न दलित सम्वन्धि संघसंस्थाहरुको सहभागिता थियो ।