काठमाडौं, २८ साउन – मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पार्टी भन्दा देश ठूलो भएकाले आफूले सीमांकन सहित ६ प्रदेशमा जाने सहमति पत्रमा हस्ताक्षर गरेको प्रष्टीकरण दिएका छन् । बिहीबार बसेको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै गच्दारले आफू अहिले पनि ८ प्रदेशकै पक्षमा रहेपनि फरक मत सहित उक्त सहमति पत्रमा हस्ताक्षर गरेको ताएका हुन् ।

थारुहरुलाई पहिचान नदिएसम्म संविधान लागू हुन नसक्ने भन्दै उनले बाँके बर्दिया, कैलाली कञ्चनपुरका थारुहरुलाई स्वायत्तता नदिएसम्म संविधान लागू नहुने बताए । आफूले पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरलाई मिलाएर बेग्लै प्रदेश बनाउन प्रस्ताव गरेको जानकारी दिँदै गच्छदारले त्यसो गर्न सकेको भए पूर्वका थारु एवं मेचे कोचे लगायतका जातजातिको सम्बोधन हुने तर्क गरे ।

.