वीरगंज, १३ साउन । शहरी विकास मन्त्री प्रभु साहले विकास निर्माणको काममा ढिला सुस्ती र लापरवाही सहन नसक्ने बताउनु भएको छ । विकास निर्माणको कामको जिम्मा लिने र बर्षाैसम्म नबनाउने प्रबृतीको अन्त्य हुनुपर्ने वहाले बताउनुभयो । पर्सा जिल्लामा संचालित विभिन्न विकास निर्माणका कामहरुको स्थलगत अवलोकन गर्र्ने क्रममा वहाले सो कुरा बताउनु भएको हो । यसैगरी मातहतका निकायहरुलाई निर्देशन दिदै मन्त्री साहले सबै सरकारी निकायहरुलाई समन्वय गरेर विकासका कामहरु संचालन गर्न भन्नुभयो । जिल्लामा संचालित योजनाहरुका बारेमा जानकारी दिन होटल भिस्वामा आयोजना गरिएको कार्यक्रममा वहाँले काम गराउनेहरु नै इमन्दार र जिम्मेवार नभएको आरोप लगाउनु पनि लगाउनु भयो । काम अगाडी बढन बिविध कारणले नसकिरहेको बताउदै वहाँले बीरगंजमा संचालित योजनाहरुलाई समय मै सम्पन्न गराउनका लागि र बीरगंज क्षेत्रको विकासको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो । मन्त्री साह सहितको टोलीले एडिबीको आर्थिक सहयोगमा बीरगंजमा संचालित मझौला शहर, एकिकृत शहरी बातावरण सुधार योजनाको स्थलगत अवलोकण गरेको थियोे । सो क्रममा स्थानियले मन्त्री साह समक्ष ठेकेदारले चाँडो काम नगरेको, बीरगंजको चारैतिर एकैसाथ खनेर तहसनहस बनाएको, डिजाइन नै परिवर्तन गरेको, ह्युमपाईप हटाएर आरसिसी ढलान गरेको जस्ता गुनासो गरेका थिए ।