जनकपुर १९ पौष  । मधेशका सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानको  तथा रणनीति निर्माणमा सबल उपस्थितिका लागि मधेश पत्रकार महासंघ, नेपाल गठन गरिएको छ । शनिबार जनकपुरमा पर्सादेखि मोरङसम्मका सञ्चारकर्मीहरुको भेलाले बृजकुमार यादवको संयोजकत्वमा १३ सदस्यीय केन्द्रिय तदर्थ समिति गठन गरेको हो । समितिमा हिमांशु चौधरी, दीपेन्द्र चौहान, अनिल तिवारी, राजेश कर्ण, दिनेश्वरप्रसाद गुप्ता, चन्द्रदेव कामती, सन्तोष सिंह, विश्वनाथ ठाकुर, हरिप्रसाद मण्डल, महेश दास, रामअशिष यादव र रिंकु मिश्र सदस्य छन् । समितिले विधान मस्यौदा निर्माण र अवधारणा पत्र लेखनको लागि रामअशिष यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । राजेश कर्ण, सुरेश यादव, हिमांशु चौधरी, नवीन साहलाई समितिको सदस्यमा चयन गरिएको छ । भेलामा संचारकर्मीहरुले मधेशका संचारगृहको संरक्षण गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा राखेको भेलामा सहभागी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम मधेस विभाग प्रमुख विजय कुशवाहाले बताएका छन् ।