वीरगंज श्रावण १

प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुँच बढाउन ल्याएको बेटी पढाऔं, बेटी बचाऔं योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुँदै गएको छ ।‘बेटी पढाऔं बेटी बचाऔं’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि बढ्दै लोकप्रिय हुन थालेको जनप्रतिनिधिको भनाइ छ । पर्साले जिल्लामा विभिन्न स्थानीय तहमा यो योजना लागू भएपछि बालिका तथा किशोरीका अभिभावकले उत्साहपूर्वक सो योजनाअन्तर्गत छोरी जन्मिएपछि जन्म दर्ता गर्ने, विद्यालय पठाउनुको साथै दाइजो प्रथाजस्ता विकृति अन्त्य हुनमा बल पुग्ने र सो कार्यक्रम कोशेढुंगा सावित हुने जनप्रतिनिधिको भनाइ रहेको छ ।